अविश्वास प्रस्तावबाट हटाएर देखाउनुस्, तीन करोड नेपालीबाट दुई तिहाइ लिएर आइन्छ: ओली

वेलकम खबर
फाल्गुन १६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।

झापामा आइतबार आयोजित कार्यक्रममा बोलेका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड(नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन्।

‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने, ‘अविश्वास प्रस्ताव राख्नुस्। पास गर्नुस्। पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फर्केर आएको हो। अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ।’

उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने दाबी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*