कञ्चंनजघा संरक्षण क्षेत्रमा फेरि फेम्बू

वेलकम खबर
फाल्गुन १४, २०७७

ताप्लेजुङ । कञ्चन्जंघा संरक्षण क्षेत्र ब्यबस्थापन परिषदको अध्यक्षमा तेश्रो कार्यकालको लागि पुनः खगेन्द्र फेम्बू चुनिएका छन् । परिषद कार्यालय फक्ताङ्लुङ गाउँपालिका ६ नम्बर वडा, लेलेपमा भएको पुर्नगठनमा १३ जना प्रतिनिधीमध्ये ११ जनाको उपस्थितिमा भएको परिषद पुर्नगठन प्रकृयाबाट फेम्बू र्निबिरोध चुनिएका हुन् ।

२०७७ साल पौष ७ गतेदेखि परिषदको पुर्नगठन प्रक्रिया सुरुभएको थियो । २ ओटा समिति गठनपछि केहि बिबाद भएपछि पौष २४ गते पुर्नगठन प्रकृया स्थागित भयो । त्यसपछि फेरि फाल्गुन ३ गतेदेखि दोस्रो चरणको परिषदको पुर्नगठन प्रक्रिया शुरु भई बिहिबार अन्तिम चरणको पुर्नगठन प्रकृयाबाट अध्यक्ष चयन भएसँगै परिषदको पुर्नगठन प्रकृया समापन भएको छ ।

आगामी ५ वर्षको लागि फेम्बूको अध्यक्षतामा ११ सदस्यीय कञ्चनजंघा संरक्षण क्षेत्र ब्यबस्थापन परिषद गठन भएको, कञ्चनजंघा संरक्षण अधिकृत गणेश प्रासाद तिवारीले जानकारी दिए । उनले, सदस्यसचिब कञ्चनजंघा उपभोत्ता समितिबाट मनकुमार राई, कोषाध्यक्ष घुन्सा सेकाथुम उपभोक्ता समितिबाट फुपु छोवाङ शेर्पा सर्बसहमतिबाट छनौट भएको बताए ।

लालीगुराँस, बिहानी, कञ्चनजंघा, पाथीभरा, घ्याङ्लुङ, घुन्स सेकाथुम र सिम्बुवा उपभोक्ता समितिका प्रतिनीधि १–१ समूदायिक वन उपभोक्त समितिमध्येबाट प्रतिनिधी १, सम्पूर्ण आमा समुहबाट प्रतिनिधी४, नागरिक समाज सामाजिक कायकर्ता प्रतिनिधी १ मध्ये सिम्बुवा उपभोक्ता समितिका प्रतिनिधीको उपस्थिति थिएन ।

परिदष गठन प्रकृयामा असन्तुष्ट पक्षले परिषद पुर्नगठन प्रकृया नियमावली अनुसार नभएको जिकिर गरेका थिए । ३ वटा उपभोक्ता समुह गठन प्रकृया रद्ध गर्न माग गर्दै, उच्च अदालत इलामा मुद्दा समेत दर्ता गरेका थिए । तर, अदालतले अन्तरिम आदेश दिन नपर्ने बताएपछि, पुर्नगठन प्रकृयाले बिहिबार पूर्णता पाएको हो । फेम्बुले यसअघि १२ बर्ष परिषदको नेतृत्व गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*