सबै जिल्लाको सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न प्रचण्ड–नेपाल समूहको निर्देशन

वेलकम खबर
फाल्गुन १२, २०७७

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै देशभर सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय संघर्ष समितिले बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको नेता विष्णु रिजालले जानकारी दिए । फैसलाको स्वागत गर्दै काठमाडौंको शान्ति वाटिकामा मध्याह्न १२ बजे आयोजित कार्यक्रममा सहभागी हुन समेत आह्वान गरिएको छ । सर्वोच्च अदालतले मंगलवार प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको थियो ।

नेता रिजालले ट्विटरमा लेखेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं १ सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे । केन्द्रीय संघर्ष समिति, नेकपा ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*