सर्वोच्चले ओलीको असंवैधानिक कदम सच्याउँदै संसद पुनर्स्थापना गर्छ : प्रचण्ड
काठमाडौँ । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सच्याउँदै संसद पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको जनाएका छन् ।मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
निर्वाचन आयोग र सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार काम गर्ने बताउँदै प्रचण्डले भने,’ जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट निर्मित संविधानको बलमा निर्वाचन आयोग, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायहरुले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन् भन्ने हाम्रो पूरा विश्वास छ । अदलतमा बहस सकियो, आजबाट हेर्दाहेर्दैका छ। कुनै पनि बेला अदालतबाट संविधान मिच्ने र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिन्छ र संसद पुनर्स्थापना हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ।’


















