आज प्रचण्ड-नेपाल समुहको आमहड्ताल, गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाही

वेलकम खबर
माघ २२, २०७७

काठमाडौं। आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउने नेपाल प्रहरीले बताएको छ ।

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले आज आमहड्तालको घोषणा गरेको छ ।

प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरे पनि गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले जनाएको छ ।

साथै सुरक्षा व्यवस्था कडा पारिएको र पसल बन्द गराउँदै हिँड्ने र अन्य गैरकानुनी कार्यमा लागेकाहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले जनाएको छ ।

यता नेकपाले भने आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*