प्रतिगमनको पक्षमा लाग्न मेरो विवेकले दिएन : योगेश भट्टराई
ताप्लेजुङ : पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले संविधानमाथि ‘कु’ गरेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्न नसकेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षले मंगलबार ताप्लेजुङमा आयोजना गरेको विरोधसभामा बोल्दै भट्टराईले यस्तो बताएका हुन्।

‘केपी ओलीले २०७४ सालको निर्वाचनामा ताप्लेजुङ आएर भोट माग्नुभएकै हो, तर अहिले उहाँले प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी कदम चाल्नुभयो, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गर्नुभयो’, भट्टराईले भने, ‘त्यसैले प्रतिगमनको पक्षमा लाग्न मेरो विवेकले दिएन।’ उनले प्रतिनिधिसभा पुर्नस्थापना भएरै छाड्ने दाबी गरे।



















