को हुन विश्वको सबभन्दा कान्छी अर्बपति ?

एजेन्सी। प्राय मानिसहरू २१ वर्षको उमेरमा आफ्नो करियर सुरुवातको सिलसिलामा मात्र लागेका हुन्छन् । यो उमेरमा कुनै मानिस विश्वका धनी व्यक्तिको सुचीमा पर्नु पक्कै पनि दुनियाँको लागि नौलो कुरा नै हुने गर्छ ।
तर, यो नौलो कुरालाई अमेरिकाकी २१ बर्षिया युवतीले सामान्य बनाइदिएकी छिन् । उनी हुन् काइली जेनर । उनी श्रृंगारका सामान व्यवसायबाट २१ वर्षको उमेरमै अर्बपति बनेकी हुन् ।
काइली आफ्नै बलबुताका कारण अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति सूचीमा परेकी छिन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचीमा परेकी २१ वर्षीया काइलीले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् ।
कान्छो उमेरमा अर्बपति बनेका फेसबुकका संस्थापक मार्क जुकरवर्गको रेकर्ड पनि काइलीले भंग गरेकी थिइन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।
काइलीको जन्म अगस्ट १९९७ मा अमेरिकाको लस एन्जलस क्यालिफोर्निया पिता क्याटलिन जेनर र माता क्रिस जेनरको कोखबाट भएको हो । उनी अमेरिकी नागरिक हुन् ।
उनी कस्मेटिक्सको संस्थापक मालिक सँगै एक प्रभावशाली व्यक्ति व्यावसायी र मोडल पनि हुन् । उनी २१ बर्षको कलिलो उमेरमा विश्वको सबभन्दा कान्छी अर्बपति बने पनि अहिले भने २३ बर्षको पुगेकी छिन् ।