सडक विस्तार नगरेसम्म यातायातको समस्या हल हुँदैन: गृहमन्त्री थापा

वेलकम खबर
कार्तिक १८, २०७७

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले यातायातका पूर्वाधारको विकास र व्यवस्थीत गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्। मंगलबार गृहमन्त्रालयमा महानगरिय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना बुझ्दै गृहमन्त्री थापाले सडकको विस्तार नगरेसम्म यातायातको समस्या हल नहुने बताएका हुन्।

नेपालमा यातायातका साधन वृद्धि हुदै गएपनि सडक विस्तार हुन नसक्नुले नै ट्राफिक जाम र सडक दुर्घटना हुने गरेको उनको भनाई छ। उनले धेरै संख्यामा मोटरसाइकल लगायत नीजि सवारी साधन सञ्चालन हुने गरेकाले सार्वजनिक यातायातलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखे।

गृहमन्त्री थापाले सडक दुर्घटनालाई न्युनिकरण गर्न कडा कानून बनाउनुपर्ने पनि बताए। उनले काठमाडौंमा हुने सडक जामले विकासकै काममा समेत अवरोध पुगेको तर्क गरे।

कार्यक्रममा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले यातायात व्यवस्थापनमा ट्राफिक प्रहरीको जिम्मेवारी बढाउनुपर्ने बताए । त्यस्तै उनले अन्य देशको तुलनामा नेपालमा सडक जरिवाना न्युन भएकाले नै उलंघनका घटना बढिरहेको भन्दै सडक जरिवानालाई बढाउनुपर्ने धारणा राखेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*