चन्द्रमामा पानी भेटिएको दाबी
एजेन्सी। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा प्रयाप्त पानी भेटिएको दाबी गरेको छ। दक्षिण ध्रुवको एक खाल्डोमा अणुको रुपमा पानी फेला परेको नासाको दाबी छ। चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो। यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा रहेको क्लेभियस क्रेटरमा भेटिएको नासाले जनाएको छ।
नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले चन्द्रमाको सतहमा हालै भेटिएको पानीको मात्र सहारा मरुभूमीमा रहेको पानीभन्दा १ सय गुणा कम रहेको जनाएको छ। नासाका अनुसार चन्द्रमाको सतहमा यसअघि गरिएको परीक्षणमा हाइड्रोजन ग्यास रहेको पत्ता लागेको थियो। तर त्यतिबेला हाइड्रोजन र पानी बन्नका लागि आवश्यक अवयव हाइड्रोक्सिलको गाँठो फुकाउन सकेका थिएनन्।
तर अहिले पानी पाइएको पुष्टि नासाले गरेको छ । तर वायुमण्डल नै नभएको ठाउँमा पानी कसरी भेटियो भन्ने प्रश्न उब्जिएको छ। नासाले गरेको पानीको यो पछिल्लो खोजको नतिजा नेचर एस्ट्रोनोमीको नयाँ अंकमा प्रकाशित छ।



















