भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

वेलकम खबर
अशोज १७, २०७७

काठमाडौं। भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६९ सङ्क्रमितको मृत्यु भए सँगै मृतकको संख्या एक लाख ८७५ जना पुगेको हो। पछिल्लो २४ घण्टाभित्र थप ७९ हजार ७७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सँगै कुल सङ्क्रमितको संख्या ६४ लाख ७१ हजार ९३४ पुगेको छ।

भारतमा सक्रिय सङ्क्रमितको संख्या ९ लाख ४५ हजार ९१८ रहेको छ। हालसम्म ५४ लाख २४ हजार ९४३ जना उपचारपछि निको भएको तथ्यांक छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४८ लाख ३२ हजार १६ पुगेको छ। भने मृत्यु हुनेको संख्या १० लाख ३३ हजार १७४ पुगेको छ। त्यस्तै हाल सक्रिय सङ्क्रमितको संख्या ७९ लाख ६ हजार २८३ रहेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु