कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी

वेलकम खबर
अशोज ११, २०७७

काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ। केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको एक मन्त्रीले बताए। यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो। अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बन्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो।

नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको एक मन्त्रीले बताए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु