शुक्रबार बस्ने भनिएको नेकपा सचिवालय बैठक आइतबार

वेलकम खबर
अशोज २, २०७७

काठमाडौंं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक सरेको छ। बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको स्रोतले जनाएको छ।

सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो। सचिवालय बैठकपछि मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर समेत गर्ने नेकपाको तयारी छ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो।

यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राखिँदै आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*