शुक्रबार बस्ने भनिएको नेकपा सचिवालय बैठक आइतबार

वेलकम खबर
अशोज २, २०७७

काठमाडौंं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक सरेको छ। बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको स्रोतले जनाएको छ।

सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो। सचिवालय बैठकपछि मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर समेत गर्ने नेकपाको तयारी छ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो।

यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राखिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु