कोरोना विरुद्धको खोपलाई अनुमति दिन हतार नगरौँ : डब्लुएचओ

वेलकम खबर
भदौ १६, २०७७

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ।

डब्लूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरूसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने र यो हतारो गर्ने विषय नभएको प्रष्ट पारेका हुन्।

परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भएपनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिदा त्यसले निम्त्याउने परिणाम घातक हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए।

हाल ३३ वटा खोप क्लिनकल परीक्षणमा छन् भने १ सय ४३ वटा खोप प्रि क्लिनिकल मूल्यांकनको चरणमा रहेको डब्लुएचओले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*