बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला

एजेन्सी। बेलायती प्रहरीले मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला पारेको छ। मे ६ मा मर्निङ वाकमा निस्केका मोरिस त्यसयता बेपत्ता भएका थिए।
प्रहरीले उनको शव ह्याम्पशायरको जङ्गलमा फेला पारेको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार शवको औपचारिक पहिचान हुन बाँकी छ। शवका बारेमा उनका परिवारलाई खबर गरिएको छ।
उनी बेपत्ता भएपछि प्रहरीले मोरिसले मर्निङ वाक गर्ने सो जङ्गलमा उनको व्यापक खोजी गरेको थियो।