भारतमा एकै दिन थपिए ६२ हजार बढी कोरोना सङ्क्रमित

वेलकम खबर
साउन २३, २०७७

एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन्। भारतमा एकै दिन थप ६२ हजार १७० जना सङ्क्रमित थपिएका हुन्‌।

योसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख २५ हजार ४०९ पुगेको छ। सङ्क्रमितको यो सङ्ख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी सङ्क्रमित हुने देशहरूको सूचीमा तेस्रो हो।

सङ्क्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३८४ जना सङ्क्रमणमुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ८९९ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या ४१ हजार ६३८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*