लेबनानको राजधानी बेइरुतमा ठूलो विस्फोट, ७० को मृत्यु

वेलकम खबर
साउन २१, २०७७

एजेन्सी। लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट भएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विस्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ भने २७ सय घाइते भएका छन्।

प्रधानमन्त्री हसन दिआबले आज बुधबारका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन्। अधिकारीहरूका अनुसार विस्फोटक पदार्थले भरिएको ठूलो गोदाममा विस्फोट भएको हो।
गोदाममा २७ सय ५० टन विस्फोटक पदार्थ भएको बताइएको छ। घटनास्थलमा रहेका बीबीसीका एक पत्रकारका अनुसार शव जताततै छरिएका थिए, मानिसहरू चिच्याइरहेका थिए।

आसपासका सबै भवन पनि ध्वस्त भएका छन्। विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रस सम्म सुनिएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*