भारतमा एकैदिन ३७ हजार बढि कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १० लाख ७८ हजार नजिक
काठमाडौँ। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम भएको छ। लगातार बढ्दो क्रममा सङ्क्रमण देखिएको भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना सङ्क्रमित थपिएका छन्। यसअघि गएको शुक्रबार एकै दिन सर्वाधिक ३५ हजारभन्दा बढी सङ्क्रमित थपिएको भारतमा आइतबारको तथ्याङ्कले त्यसलाई पनि उछिनेको छ।
भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख ७७ हजार ८६४ पुगेको छ। यो सङ्ख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो। अहिले सम्म सङ्क्रमितमध्ये ६ लाख ७७ हजार ६३० जना सङ्क्रमणमुक्त भएका छन् भने ३ लाख ७३ हजार ४०६ जनाको उपचार भइरहेको छ।
साथै पछिल्लो २४ घण्टामा ५४३ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको कुल सङ्ख्या २६ हजार ८२८ पुगेको छ।



















