भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी थपिएका छन्। पछिल्लो २४ घण्टामा ३५ हजार ४६८ जना संक्रमित थपिएका छन्। यो संगै भारतमा कोरोना संक्रमितकोे संख्या १० लाख नाघेको छ। भारतमा कुल संक्रमित सख्यन १० लाख ५ हजार ६३७ पुगेको छ।
त्यस्तै मृत्यु हुनेको संख्या २५ हजार ६०९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ६८० जनाको मृत्यु भएको छ। भारतमा अहिले सम्म ६ लाख ३६ हजार ६०२ जना उपचार पछि निको भएका छन्। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी २२ हजार ८६७ जना निको भएका हुन्
निरन्तर कोरोना संक्रमित बढ्दै गएपछि भारत सरकारले फेरि लकडाउनलाई अझ कडाई गरेको छ। विभिन्न राज्य सरकारहरुले पनि छुट्टै योजना ल्याएका छन्।