अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३६ हजार नाघ्यो

काठमाडौं। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ८४२ जनाको मृत्यु भए सँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ६४९ पुगेको हो।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ५४२ जना संक्रमित पुष्टि भएको छ। योसँगै अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार ३२२ पुगेको छ। त्यस्तै अमेरिकामा अहिलेसम्म १४ लाख ५४ हजार २८५ जना ठिक भएका छन्। त्यस्तै अमेरिकामा अहिले १५ हजार ६९९ जना आइसीयुमा उपचारत रहेका छन्।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ। न्युयोर्कमा ३२ हजार ३७५ जनाको मृत्यु भएको छ। त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २५ हजार ९९५ जना संक्रमित भएका छन्। त्यस्तै न्यूजर्सीमा १५ हजार ५५३ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७८ हजार २१८ जना संक्रमित भएका छन्। भने मसाचुसेट्समा ८ हजार २९६ जनाको मृत्यु भएको छ।
त्यस्तैगरि इलिनियोइसमा ७ हजार ३४५, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ९३६, क्यालिफोर्नियामा ६ हजार ९४९, मिचिगनमा ६ हजार २८५, कोनेक्टीकटमा ४ हजार ३४८, फ्लोरिडामा ४ हजार १०२, लुसियानामा ३ हजार ३८५ जना, मेरिल्याण्डमा ३ हजार ३०३, टेक्सासमा ३ हजार १३१, ओहियो ३ हजार ३७, जर्जियामा २ हजार ९६५ र इन्डियानामा २ हजार ७४८ जनाको मृत्यु भएको छ।