८ प्रहरीको हत्याका मुख्य अभियुक्त दुबे पक्राउ

वेलकम खबर
असार २५, २०७७

एजेन्सी। भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे पक्राउ परेका छन्। अभियुक्त दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानकारी दिएको छ।

बीबीसीका अनुसार उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको हो। दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ। उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो ६ दिनदेखि खोजिरहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*