अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३० लाख ४० हजार नाघ्यो

वेलकम खबर
असार २३, २०७७

काठमाडौँ। कोरोनाले सबभन्दा धेरै प्रभाव पारेको अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३० लाख ४० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा  ४९ हजार ७६ सङ्क्रमित थपिए सँगै कूल सङ्क्रमितको सङ्ख्या ३० लाख ४० हजार  ८८३ पुगेको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा  ३०४ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या १ लाख ३२ हजार ९ सय ७९ पुगेको छ। भने १३ लाख २४ हजार ९४७ उपचारपछि निको भएका छन्। साथै अमेरिकामा अहिले १५ हजार ९९५ जना आइसीयुमा उपचाररत रहेका छन्।

अमेरिकामा अहिले सम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेको छ। न्युयोर्कमा ३२ हजार २६७ जनाको मृत्यु भएको छ। भने सङ्क्रमितको सङ्ख्या ४ लाख २२ हजार ८३१ पुगेको छ। त्यस्तै न्युजर्सीमा १५ हजार ३०२ जनाको मृत्यु भएको छ भने त्यहाँ अहिले सम्म एक लाख ७७ हजार ३८४ जना सङ्क्रमित भएका छन्।

त्यस्तै म्यासाचुसेट्समा ८ हजार १९८ जनाको मृत्यु भएको छ। इलिनोइसमा ७ हजार २३६, पेन्सिलभेनियामा ६ हजार ८०५, क्यालिफोर्नियामा ६ हजार ४४५, मिचिगनमा ६ हजार २२१, कनेक्टिकटमा ४ हजार ३३८, फ्लोरिडामा ३ हजार ७७८, लुसियानामा ३ हजार ३०२ जना, मेरिल्याण्डमा ३ हजार २४६, ओहियो २ हजार ९४०, जर्जियामा २ हजार ८७८, टेक्सासमा २ हजार ७२० र इन्डियानामा २ हजार ६९८ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*