चिनियाँ एप प्रतिबन्धसँगै भारतमा नयाँ कार्यक्रम सार्वजनिक, एप बनाउनेलाई ३२ लाख

वेलकम खबर
असार २१, २०७७

एजेन्सी। भारतले  डिजिटल प्रविधिमा आत्मनिर्भर हुने भन्दै आत्मनिर्भर भारत इन्नोभेटिभ च्यालेञ्ज सार्वजनिक गरेको छ। ५९ वटा चिनियाँ एप प्रतिबन्ध लगाएको एक साता बित्न नपाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उक्त नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन्।

यो कार्यक्रम अन्तर्गत मोबाइल गेम, सोसल मिडिया तथा फोटो-वीडियो एडिटिङ एप बनाउनेलाई अधिकतम २० लाख भारतीय रुपैयाँ सम्मको पुरस्कार दिने बताइएको छ। यो च्यालेञ्जलाई भारतले ‘मेक ईन इन्डिया फर इन्डिया एण्ड द वर्ल्ड’ नारा दिएको छ।

प्रधानमन्त्री मोदीले एक ट्वीटमार्फत उक्त कार्यक्रमको घोषणा गरेका छन्। उनले ट्वीटमार्फत भनेका छन्, ‘आज  प्रविधि तथा स्टार्टअप समुदायका लागि विश्वस्तरीय मेड ईन इन्डिया एप तयार पार्ने दिशामा निकै उत्साहजनक अवस्था तयार भएको छ। उनीहरूको सोच र उत्पादनलाई सहजीकरण गर्न इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालय र अटल इन्नोभेसन मिसनबाट आत्मनिर्भर भारत एप इन्नोभेसन च्यालेन्ज सार्वजनिक हुँदैछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*