भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ७४ हजार नजिक

वेलकम खबर
असार २१, २०७७

काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको नयाँ रेकर्ड कायम भएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार १५ जना सङ्क्रमित भएका छन्। यो अहिलेसम्मकै उच्च सङ्क्रमति सङ्ख्या हो। योसँगै भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ७३ हजार ९०४ पुगेको छ।

त्यस्तै एकै दिन ६१० जनाको मृत्यु भए सँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ हजार २७९ पुगेको छ। एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको सङ्क्रमण देखिएको भारतमा सङ्क्रमितमध्ये ४ लाख ९ हजार ६२ जना उपचार पछि निको भएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*