भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो
वेलकम खबर
असार १८, २०७७
काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या भारतमा ६ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा १९ हजार ४ सय २८ जना कोरोना भाइरस सङ्क्रमितको पुष्टि भए सँगै कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ५ हजार २२० पुगेको छ।
कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८ सय ९६ जना उपचार पछि निको भएका छन्। भारतमा कोरोनाबाट अहिले सम्म १७ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये पछिल्लो २४ घण्टामा ४ सय ३८ जनाको मृत्यु भएको हो।



















