बिहे खान गएका १११ मा कोरोना सङ्क्रमण, विवाह गरेको भोलिपल्टै बेहुलाको मृत्यु
एजेन्सी। भारतमा हालै सम्पन्न एउटा विवाहमा उपस्थित भएका ३ सय ५० मध्ये १ सय ११ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। गत जुन महिनाको १५ तारिखमा एक इन्जिनियर युवाको विवाह तय भएको थियो। ती युवाको भने विवाहको भोलिपल्टै मृत्यु भएको छ।
विवाहको मिति नजिकै आइसक्दा उनी बिरामी परेका थिए। उनलाई पटना अस्पतालमा डाइरियाको उपचार पनि गरिएको जनाइएको छ। बिरामी छँदै उनको विवाह गरिएको र विवाहको भोलिपल्टै मृत्यु भए पछि उनको कोरोना भाइरसकै कारण ज्यान गएको आशङ्का गरिएको छ।
यद्यपि उनको कोरोना परीक्षण नगरी अन्त्येष्टि सकिएको थियो। मानिसहरूले शङ्का लागेर परीक्षण गराउँदा १ सय ११ मा कोरोना देखिएको जनाइएको छ। अधिकारीहरूका अनुसार मृतक बेहुलाका आफन्तमा कोरोना देखिएपछि जुन २४ देखि २६ सम्म विवाहमा उपस्थित मानिसको पहिचान गरी परीक्षण गरिएको थियो।



















