अमेरिकामा हरेक दिन एक लाख नयाँ सङ्क्रमित भेटिन सक्ने विज्ञको चेतावनी
एजेन्सी। अमेरिकामा दैनिक एक लाख मानिसमा कोरोना सङ्क्रमण हुनसक्ने विज्ञहरूले बताएका दिएका छन्। अहिले अमेरिकामा दैनिक ४० हजार हाराहारीमा सङ्क्रमितको पुष्टि भइरहेको छ। सङ्क्रामक रोग विशेषज्ञ एवम टास्क फोर्स सदस्य डाक्टर एन्थोनी फाउचीले आउँदा दिनमा अमेरिकाले झनै विपद सामना गर्नुपर्ने बताएका छन्।
महामारी तत्काल नियन्त्रण हुने सम्भावना नरहेको र सजगता नअपनाए दैनिक एक लाख मानिस सङ्क्रमित हुने उनले चेतावनी दिएका हुन्। फाउचीका अनुसार भौतिक दूरी कायम राख्न र मास्क लगाउन अझै ढिला गरे अमेरिकाको अवस्था निकै दयनीय बन्नेछ।
अमेरिकामा अहिले सम्म २६ लाख २९ हजार ३७२ जना सङ्क्रमित भेटिएका छन्। भने ५ लाख ९ हजार ७९९ जनाको मृत्यु भएको छ।



















