चीनसँग रुष्ट बनेको भारतले टिकटक पब्जीसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगायो
वेलकम खबर
असार १६, २०७७
एजेन्सी। लद्दाख भिडन्तमा २० भारतीय सैनिक मारिएपछि चीनसँग रुष्ट बनेको भारतले टिकटक, पब्जीसहितका ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको छ। प्रतिबन्धित एप्सहरूमा चिनियाँ सामाजिक सञ्जालसँग सम्बन्धित वी मिट, वेब च्याट लगायत पनि रहेका छन्।
चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्याएको भन्दै प्रयोगमा रोक लगाइएको भारतको आइटी मन्त्रालयले जनाएको छ। भारतमा बाईकट चाइना अभियान जारी रहेको छ। भारतको उक्त निर्णयसँगै २२ करोड भारतीय टिकटक प्रयोगकर्ता र पब्जीका ५ करोड सक्रिय प्रयोगकर्ता घटेका छन्।



















