कोरोनाको सङ्क्रमण देखिए पछि चीनको हिबेई प्रान्तमा लकडाउन लागू

वेलकम खबर
असार १५, २०७७

एजेन्सी। चीनको राजधानी बेइजिङ नजिकैको हिबेई प्रान्तमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कडा लकडाउन लगाएको छ। हिबेई प्रान्तको एनसिनमा लकडाउन लगाउँदा त्यहाँका करिब चार लाख नागरिक प्रभावित भएका छन्।

आइतबारबाट सो क्षेत्रमा अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द गरिएको छ। आवश्यक सेवामा संलग्न बाहेक अन्यलाई घर बाहिर निस्कन रोक लगाइएको छ। घरका लागि आवश्यक वस्तु किन्न घरबाट निश्चित समयमा एक जनामात्र बाहिर निस्कन पाउनेछन्। कसैले आदेश उलङ्घन गरे प्रहरीले कडा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*