भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख ५० हजार नजिक

वेलकम खबर
असार १५, २०७७

काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ लाख ५० हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ६२० जनामा कोरोना सङ्क्रमणको पुष्टि भए सँगै कुल सङ्क्रमितको सङ्ख्या ५ लाख ४९ हजार १९७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३८४ जनाको मृत्यु भए सँगै कुल मृत्यु हुनेको सङ्ख्या १६ हजार ४८७ पुगेको छ। साथै सङ्क्रमितमध्ये ३ लाख २१ हजार ७७४ जना उपचार पछि निको भएका छन्। एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको सङ्क्रमणले प्रभा परेको देशमा भारत परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*