भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख नाघ्यो
काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्या ५ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा १८ हजार १८५ नयाँ सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या पाँच लाख नौ हजार ४४६ पुगेको छ।
साथै सङ्क्रमणबाट अहिले सम्म त्यहाँ १५ हजार ६८९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ३८१ जनाको मृत्यु भएको हो। मृत्यु हुनेको सङ्ख्या अघिल्ला तीन दिनभन्दा शुक्रबार घटेको छ। गत मङ्गलबार त्यहाँ एकैदिन ४६८ जनाको मृत्यु भएको थियो।
भारतमा निको हुने सङ्क्रमितको सङ्ख्या पनि उच्च रहेको छ। अहिले सम्म दुई लाख ९५ हजार ९१७ जना निको भएका छन्। एक लाख ९० हजार १९१ जना उपचाररत छन्।



















