पाथीभरा क्षेत्र र गुरुयोजना

पाथीभरा :
ताप्लेजुङ जिल्ला बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक रहेको छ । जातीय अनेकता र भाषिक–सांस्कृतिक विविधता भइकन पनि यहाँ लोभलाग्दो साम्प्रदायिक सद्भाव पाइन्छ । पुर्वी नेपालको एक प्रमुख गन्तव्य पाथीभरा धार्मिक÷सांस्कृतिक सदभाव र एकताको प्रतिकको रुपमा रहेको छ ।
पर्यटकीय सम्पदाहरुको विशाल भण्डार, प्राकृतिक रुपले अत्यन्तै सुन्दर अनि आकर्षक रहेको ताप्लेजुङ पर्यटनको अथाह सम्भावना भइकन पनि यसको आवश्यक दोहन हुन सकिरहेको छैन । ताप्लेजुङको प्रमुख पर्यटकीय क्षेत्र भनेको पाथीभरा नै हो । पुर्वाधारको विकास र मनग्ये प्रचार प्रसार हुन सके पाथीभरा ताप्लेजुङको समृद्धिको प्रमुख आधार बन्न सक्छ ।
ताप्लेजुङको पर्यटनको कुरा आउनासाथ पाथीभरादेवीको नाम अगाडि आउँछ, जहाँ वर्षेनी लाखौं तीर्थयात्रीहरु पुग्ने गर्दछन् । पाथीभरादेवी सैयौं वर्ष अगाडिदेखि पुजिदै आएको नेपालको एक प्रमुख शक्तिपीठ हो । पाथीभरा मनले चिताएको पु¥याइदिने साक्षात (मनचिन्ते) देवीको रुपमा पनि प्रसिद्ध छ । पाथीभरादेवीको दर्शनार्थ सबैखाले धर्मावलम्वीहरु पुग्ने पाथीभरा डाँडाबाट देखिने दृश्यावलीले त्यहाँ पुग्ने सबैलाई आश्चर्यचकीत बनाउँछ । स्वर्गीय अनुभूति दिलाउँछ ।
यसको उचाइ र अवस्थितिका कारण पाथीभरामा धार्मिक पर्यटकहरु मात्रै होइन, प्राकृतिक दृश्यावलोकनका लागि पनि प्रसस्तै पर्यटकहरु जान थालेका छन् । पाथीभराबाट सुर्योदयको रोमाञ्चक दृश्यावलोकनका साथै सिंहलिला हिमश्रृङ्खला, कञ्चनजंघा, कुम्भकर्ण, मकालु, लोत्से, नुप्सेलगायतका हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । विभिन्न प्रजातिका गुँराश पाइने पाथीभरा क्षेत्र जडिबुटीहरुको भण्डार र दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो । अर्थात् पाथीभरा जैविक विविधताको दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण क्षेत्र ।
पाथीभरा क्षेत्रको गुरुयोजना :
२०४३ सालमा ‘पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति’ को स्थापना गरी पाथीभरा क्षेत्रको संरक्षण र विकासका लागि संस्थागत प्रयास सुरु भयो । प्रजापति काफ्ले र यो लेखक टंक श्रेष्ठको संयुक्त दस्तखतमा नेपाल बैंक लिमिटेडमा खाता खोली मन्दिरको भेटीलाई पाथीभरा क्षेत्रको विकासमा लगाउने कामको थालनी भयो । २०४७ बाट म ताप्लेजुङबाट बाहिरिए पनि ‘पाथीभरा क्षेत्रको वृहद् गुरुयोजना तयार गरी दीर्घकालीन विकासमा जोड’मा पैरवी गर्दै आएको छु ।
ताप्लेजुङ सरोकार केन्द्रको आयोजना, माननीय मन्त्री योगेश भट्टराईको अभिभावकत्व र मेरो संयोजकत्वमा भएको पाथीभरा पदयात्राको क्रममा २०७५ साल वैशाख १ गते पाथीभराडाँडामा मैले प्रस्तुत गरेको कार्यपत्रमा पनि पाथीभरा क्षेत्रको विकासको लागि सुझावहरु औंल्याएको थिएँ । अहिले पाथीभरा क्षेत्रको विकासको लागि गुरुयोजना तयार हुन लागेको अवसरमा मलाई लागेका केही कुरा संक्षेपमा राख्ने प्रयास गरेको छु ः
ड्ड पाथीभराको क्षेत्र निर्धारण गरी सम्पूर्ण क्षेत्रको संरक्षण गरियोस् ।
ड्ड पाथीभराको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय पक्षलाई मध्यनजर गरेर गुरुयोजना तयार गरियोस् ।
ड्ड पाथीभरा हाम्रो गौरव हो, वैभव हो । र, आस्थाको धरोहर हो । त्यसैले कुनै आग्रह–पुर्वाग्रह, लाभ–हानी र व्यावसायिक स्वार्थभन्दा माथि उठेर काम गरौं ।
ड्ड पाथीभराको सुन्दरता र प्राकृतिकपन नै सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले प्राकृतिक सुन्दरतालाई असर पर्ने गरी कुनै पनि कृत्रिम संरचना निर्माण नगरौं ।
ड्ड पर्यटकीय क्षेत्र र सम्पदाहरुमाथि अतिक्रमण बढ्दो छ । वनजंगल फडानी तीब्र छ । यसको प्रत्यक्ष असर दुर्लभ वन्यजन्तु, पन्छी, जडिबुटीलगायतका जैविक विविधता माथि परिरहेको छ । प्राकृतिकपन हराउदै गइरहेको छ । पहिला पाथीभरा डाँडामा गुराँश र चिमालहरु ढकमक्क फुल्थ्यो । फडानीका कारण पछिल्लो समय पाथीभरा क्षेत्र नांगिदै गइरहेको छ । पाथीभरा क्षेत्रलाई पुरानै अवस्थामा अर्थात् गुराँश, चिमाल, सुनाखरीलगायत सैयौं फुलहरुको सुन्दर बगैंचा बनाउनेतर्फ गुरुयोजनामा ध्यान जाओस् । दुर्लभ तथा सकटापन्न वन्यजन्तुको संरक्षणका साथै जैविक विविधताको अध्ययन अनुसन्धानको निम्ति एकेडेमीको स्थापनाको सोचियोस् ।
ड्ड फेदीबाट पाथीभरा जाने सुविधाजनक पैदलमार्ग (यात्रुमैत्री पदमार्ग– अन्तर्राष्ट्रिय मानकलाई पनि अध्ययन गर्दै) र ठाउँठाउँमा विश्रामस्थल । पानी र सौचालयको उचित व्यवस्था ।
ड्ड पाथीभरा जाने पर्यटकहरुको संख्या दिनानुदिन बढ्दै छ । प्रभावकारी प्रचार प्रसार र पुर्वाधारको विकास भए पाथीभरामा पर्यटकहरु ओइरिने सम्भावन छ । त्यसैले उक्त कुरालाई मध्यनगर गर्दै यातायात लगायतका पुर्वाधार विकासमा जोड दिनुपर्छ ।
ड्ड फेदीमा साना, मझौला र सुविधा सम्पन्न होटलहरुको सञ्चालन ।
ड्ड स्वास्थ्य र सुरक्षाको बलियो प्रबन्ध ।
ड्ड टुक्रे निर्माण कार्यहरु तुरुन्त स्थगित गर्दै वृहत गुरुयोजना तयार यथाशिघ्र तयार गरी गुरुयोजना अनुसार एकीकृत कार्यको थालनी होस् । गुरुयोजना भित्र रहेर मात्रै संरचना निर्माण गरिनु पर्छ ।
ड्ड केवुलकारको शिघ्र निर्माण र सञ्चालन ।
ड्ड प्रचार प्रसारलाई तिब्रता र निरन्तरता । ताप्लेजुङ बाहिर पनि सम्पर्क तथा सूचना केन्द्रहरुको स्थापना ।
ड्ड पर्यटकमैत्री तालिमहरुको व्यवस्था ।
अन्तमा,
राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरुका साथै सरोकारवालाहरुको ध्यान सुन्दर, सुरक्षित र समृद्ध पााथीभरातर्फ अभिलक्षित होस् ।
यो गुरुयोजनाले पाथीभराको गौरवलाई अझ उँचो बनाओस् ।
जय पाथीभरादेवी !
अबको गन्तव्य पाथीभरा !