बीरेन्द्र श्रेष्ठकाे नबस है झ्यालैमा कुरेर” म्युजिक भिडियो सार्वजनिक ![भिडियो सहित]
काठमाडौं । विश्व भरि नै महामारीको रुपमा कोरोना भाईरस फैलि रहेको अवस्थामा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लोकप्रिय गायक तथा बरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठले अर्को नयाँ रोमान्टिक डान्स गीत (नबस है झ्यालैमा कुरेर) गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
ई.तथा गायक श्रेष्ठ संगै चर्चित गायिका टिका प्रसाईको सुमधुर आवाजमा रहेको रोमान्टिक डान्स गीतको भिडियो बिहिबार सार्वजनिक गरिएको हो ।राहुल प्रधानको संगीत, एरेन्ज, मिक्स मास्टर रहेको गितको रचनाकार भने पुष्कर पन्त रहेका छन् ।
यस विषम परिस्थिमा पनि मानिसलाई संगीतको आवश्यकता पर्ने र शारिरिक तथा मानशिक रुपले चुस्त दुरुस्त राख्न संगीतले प्राणी जगतलाई नै ऐक्यबध्य पार्ने भएकोले महामारिको कारण सरकारले लकडाउन घोषणा गरेर घरमै आफुलाई वन्दि बनाई विश्वव्यापि महामारि सँग जुधि रहेका तमाम संगीतप्रेमि श्रद्धेय नेपालीभाषी जनहरुलाई नेपाली सांगीतिक जगतका ख्याति प्राप्त २१ जना कलाकार द्वारा नेपाल को पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका आआफना घर तथा पायक पर्ने स्थान बाट आफ्नै मोबाईलले खिचि साथै विदेशबाट समेत यस म्युजिक भिडियोमा दर्बिलो उपस्थिति जनाएका छन् । म्युजिक भिडियोमा बरीष्ठ कोरीयो ग्राफर तथा मोडल सन्तोष राजबाहक, मोडल हरु मनोज वलि, दुर्गा दाहाल, निम बाबू तामाङ्ग, सन्देश थापा, बिजय अधिकारी, अस्मि भुजेल, एमु योहाङ्गहाङ्ग, अभिषेक लिम्बु, लक्ष्मि दुलाल, सरु शर्मा, ईरा महर्जन, बिवेक भण्डारी, बिनु तामालाई उत्कृष्ट अभिनयलाई देख्न सकिन्छ । त्यस्तै गरि सञ्चारकर्मी तथा मोडल दिनेश लिखिम र पदम श्रेष्ठ,त्यस्तै गरि कोरियो ग्राफर तथा मोडेल पेम्बा शेर्पा, बिशाल रसाईली र निरज ठाकुर,गायिका तथा मोडल बिनि श्रेष्ठ र शुशिला पाठकको अभिनय पनि उत्तिकै दम्दार रहेको छ ।
केहि दिनयता कोरानाको महामारि गुणात्मक रुपले आक्रामक बन्दै गएको हुनाले सरकारले तोके बमोजिम लकडाउनलाई पालना गरिदिनुहुन आग्रह गर्दछन कलाकार तथा म्युजिक भिडियो संग सम्बद्ध कलाकारहरु । केहिदिन अघि मात्र खोलिएको पेज बीरेन्द्र श्रेष्ठ काबेली म्युजिकमा ई.तथा गायक बीरेन्द्र श्रेष्ठले गाएका गितहरु पनि अपलोड गर्ने क्रममा रहेको छ । सो पेजमा हालिएको गित पिरिमको बाढी र बनेको छ पहराले सर्वाधिक रुचाईएको छ । त्यस्तै सोहि पेजबाट लकडाउनको समय अवधि भरको लागि हरेक दिन दिनको ३ बजेबाट गाउँ खाने कथा क्वीज कार्यक्रम सञ्चालन भै रहेको छ । साथै यो भिडियो समेत सोहि पेज मार्फत युटुबको लिंक सहित अपलोड गरिएको छ । यो भिडियोलाई शेयर साथै पेजलाई लाईक गर्न समेत गरिदिनहुन अनुरोध गर्दछन कलाकारहरु ।
भिडियो बनाउन आफ्नो महत्वपुर्ण अवधारणा प्रदान गर्ने साथै टुक्रा टाक्री भिडियो लाई एडिट गरि राम्रो भिडियो बनाउने मिलन विश्वकर्मा,कोरसमा सहयोग गर्नु हुने गायिका अर्पणा श्रेष्ठ,क्रिष्टिना श्रेष्ठ,अजित घिसिङ्ग साथै म्युजिक भिडियो बनाउन ठूलो योगदान दिनुभएका वरिष्ठ कोरियोग्राफर सुरेन बसेल र सम्बद्ध सबै प्रति पनि हार्दिक धन्यबाद ज्ञापन गर्दछन ई तथा गायक श्रेष्ठ ।
विषम परिस्थितिमा पनि प्रविधिको प्रयोग गरि आफ्ना दर्शक श्रोतालाई मनोरञ्जन गराउन एक पछि अर्को गित बजारमा ल्याई रहेका छन गायक श्रेष्ठले ।यस अघि लकडाउन कै समयमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यर्ले जिम्बु झानेर’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । पृथक स्वर भएका ई तथा गायक श्रेष्ठका थुप्रै गीतहरु मध्ये घर हाम्रो लेकैमा,आँखा लाउँछन्,आउन माया भेटौन हाट बजारैमा,पिरिमको बाढी बोलका गीतहरु चर्चामा रहेका छन् ।
https://youtu.be/LomscjxtH5k



















