भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५ सय नाघ्यो

वेलकम खबर
जेष्ठ १, २०७७

काठमाडौँ। भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ५ सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप १३६ जनाको मृत्यु भए संगै मृत्यु हुनेको सङ्ख्या २ हजार ५५१ पुगेको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७६३ जना सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या ७८ हजार ५५ पुगेको छ। भने अहिले सम्म २६ हजार ४०० जना उपचार पछि निको भएका छन्। त्यस्तै ४९ हजार १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु