ताप्लेजुङको विकासमा जुट्दै मन्त्री भट्टराई (भिडियो सहित)
काठमाण्डौ । ताप्लेजुङको विकासको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई जुटनु भएको छ । गृह जिल्लाको विकासको लागि मन्त्री भट्टराईले बुधवार काठमाण्डौमा ताप्लेजुङबासीहरुको बृहत्त भेला आयोजना गरेर सुझाव तथा राय सल्लाह लिनु भएको हो ।
नेपाल पर्यटन बोर्डको सभाहलमा चार घण्टा सम्म जिल्लाको विकासमा केन्द्रित भएर छलफल गरिएको हो । आगामी बर्षको बजेटमा जिल्लाका कुन कुन आयोजना समेटदा राम्रो हुन्छ भनेर सुझाव तथा राह संकलन गरिएको हो ।
मन्त्री भट्टराईले तमोर करिडोर र मदन भण्डारी राजमार्गको कामलाई मुख्य प्राथमिकतमा राखेर काम गर्ने बताउनुभयो । उहाँले. पाथीभरा, फुङफुङे भरना, तिम्बुङ पोखरी,डिकीछोलिङ गुम्वा,कञ्चनजंघा हिमाल महत्वपूर्ण भएको सो क्षेत्रको विकासका लागि लागि पर्ने बताउनुभयो ।
सुझाव दिनेहरुले जिल्लाको विकासको लागि पर्यटन,सडक, विद्युत्त, शिक्षा,स्वास्थ्य, कृषि सञ्चार भौतिक पूर्वाधारमा क्षेत्रमा जोड दिनु पर्ने धारणा राखेको थिए ।
जिल्लामा रहेका युवाहरुलाई जोडने आयमूलक कार्यक्रम समेत ल्याउन सरोकारबालाहरुले सुझाएका थिए ।
सुझाव शुरुमा पालिका स्तरीय लिईएको थियो भने ने पछि सवैंबाट सुझाव संकलन गरिएको थियो ।
सुझाव दिनका लागि पूर्व मन्त्रीहरु याङकिला शेर्पा, वाङदी शेर्पा पूर्व सासद पासाङ शेर्पा,डम्बरध्वोज तुम्वाहाम्फे ओम ओझा,निर्वाचन आयुक्त नरेन्द्र दहाल,नेपाली काग्रेस ताप्लेजुङका नेता केशव दहाल चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवा,ताप्लेजुङ समाज नेपालका अध्यक्ष डम्बरबहादुर तुम्वाहाम्फे, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक,राजनीतिक दलका प्रतिनिधि सामाजिक संघ संस्थाका प्रमुख लगायतका उपस्थिति रहेको थियो ।
जिल्लाबासीहरुले दिएको राय तथा सुझावको आधारमा आगामी योजनाहरु निर्माण गर्ने मन्त्री भट्टराईले बताउनुभयो ।



















