कोरोना भाइरसको महामारी अन्त्य भएको चीनको घोषणा
वेलकम खबर
फाल्गुन २९, २०७६
बेइजिङ, । चीनले नोवल कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले आज कोरोना भाइरसको महामारी अन्त्यको घोषणा गरेका चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चीनमा वुहानबाहिर नयाँ बिरामी नदेखिएपछि चीनले महामारी अन्त्यको घोषणा गरेको हो । कोरोना संक्रमितको उपचारपछि गत मंगलवार नै चीनले कोरोनाको उदगम स्थल वुहानका सबै अस्थायी अस्पताल बन्द गरिसकेको छ । चीनको यो घोषणासँगै अव कोरोना भाइरस नियन्त्रण हुने बिश्वास गरिएको छ ।



















