नेपाली पहिरनमा सजिएकी मिस वर्ल्ड टोनी
काठमाडौं – नेपाल पर्यटन वर्ष २०२० को अवसरमा मिस वर्ल्ड टोनी एन सिंह नेपाल आएकी छन्। २०१९ की टाइटल विजेता टोनी बिहीबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पसिन नेपाल भ्रमणमा आएकी हुन्।
मिस नेपालको आयोजना हिडन ट्रेजर संस्थाले गर्दे आएको छ। यस वर्ष हिडन ट्रेजरले स्थापनाको २५ औं वार्षिक उत्सव मनाउदै छ। यो अवसरमा सहभागी हुनका लागि पनि मिस वर्ल्ड नेपाल आएकी हुन्।
नेपाल भ्रमणमा आएकी टोनीलाई एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन्।साडीमा सजिएकी मिस वर्ल्डलाई मन्त्री भट्टराईसहितका अधिकारीले स्वागत गरेका हुन्।






















