चर्चित कलाकारद्धारा काठमाण्डौमा ताप्लेजुङ साँझ (फोटो र भिडियो सहित )

ताप्लेजुङ झल्किने
वेलकम खबर
माघ ७, २०७६

काठमाडौं, । आउदो माघ १७ गते काठमाण्डौमा भब्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाण्डौले ताप्लेजुङको कलाकारहरुको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले चर्चित कलाकारहरुको प्रस्तुती सहित ताप्लेजुङ साँझ आयोजना गर्न लागेको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले प्रज्ञा भवनमा आयोजना हुने कार्यक्रममा ताप्लेजुङका कलाकार सहित अन्य चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने जानकारी दिनुभयो । उहाँले चर्चित कलाकार राजेश पायल राई,मेलिना राई,मनोज गजुरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने बताउनुभयो ।

  1. साङ्गीतिक र सांस्कृतिक प्रवर्द्धसँगै भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गर्न लागिएको कार्यक्रममा दर्जन बढी कलाकारहरुले प्रस्तुती रहने आयोजकले बताएको छ ।
    आयोजकका अनुसार कार्यक्रममा ताप्लेजुङकै कलाकारहरू, झुमा लिम्बू, सुशन साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, विना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङ लगायतको प्रस्तुती रहने छ ।
    मा च्याबुङ नाच, धान नाच, शेर्पा नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुति समेत राख्ने आयोजकको तयारी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा करिब १५ सय दर्शक हुने आयोजकले बताएको छ ।
    सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठल ताप्लेजुङको पर्यटन प्रवर्द्धनको प्रचार र ताप्लेजुङवासी र देशभरका आममानिसका बीचमा सद्भाव बढाउने उद्देश्य आयोजकले लिएको छ । कार्यक्रम माघ १७ गते दिउँसो ३ बजेदेखि करिब ३ घन्टा चल्नेछ।
    कार्यक्रमको संयोजन सरोकार समाजका उपाध्यक्ष बलबहादुर तामाङले गर्नु भएको छ । संगीत तर्फको संयोजन कलाकार माधव प्रधान र अशोक लोहरुङ राईले गर्नुहुने छ ।

भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*