होस्टेलमा ताप्लेजुङकी शेर्पाको शंकास्पद मृत्यु

वेलकम खबर
पुस २५, २०७६

काठमाडौं  काठमाडौंको एक होस्टेलमा बस्ने एक छात्रा शंकास्पद अवस्थामा मृत भेटिएकी छिन् । काठमाडौंको मध्य बानेश्वर स्थित द रोमिस ए गल्र्स होस्टेलमा बसि पद्मकन्या क्याम्पस बागबजारमा स्नातक पहिलो बर्षमा अध्ययनरत २२ वर्षिय सोसिका शेर्पा होस्टेलको बाथरुममा मृत भेटिएकी हुन् ।

होस्टेल संचालकले नुहाउने क्रममा बेहोस भएर ज्यान गएको भनेपनि मृतकको आफन्तले भने घटना शंकास्पद रहेकोले द रोमिस ए गल्र्स होस्टे संचालकविरुद्ध किटनी जाहेरी दिन तयारी गरेको छ । मृतक सोसिका ताप्लेजुङ जिल्लाङ मैवाखोला ४ साबिक खाम्सादेन निबासी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*