ताप्लेजुङबाट पाेखरावासीमा हार्दिक अपिल

मनमणि काफ्ले
मंसिर ७, २०७६

मुलुक उपनिर्वाचनकाे रापले तातिएकाे छ । अागामी १४ गते देशभरका स्थानीय तह, प्रदेश र संघिय संसदमा खाली स्थानहरुमा चुनाव हुदैछ ।
यतिवेला उपनिर्वाचनकाे मूख्य अाकर्षण कास्की जिल्लाकाे निर्वाचन क्षेत्र नं. २ वनिरहेकाे छ । नेपालकाे प्रमुख पर्यटकिय क्षेत्र पाेखरा याे निर्वाचन क्षेत्रमा पर्दछ। यस क्षेत्रवाट निर्वाचित यूवा नेता रविन्द्र अधिकारीकाे गत २०७५ सालकाे फागुन १५ गते ताप्लेजुङमा भएकाे अकल्पनिय हेलिकप्टर दुर्घटनामा परि निधन भए पछि याे क्षेत्र खाली भएकाे हाे । अहिले यहाँवाट सूर्य चुनाव चिन्हकाे ध्वजा उठाएर नेकपाकाे तर्फवाट उहाँकि धर्मपत्नी विध्या भट्टराई उम्मेद्वार वन्नुभएकाे छ । विध्या भट्टराई नेपाली विध्यार्थी अान्दाेलनकाे एक परिचित नाम हाे । म अाफु विध्यार्थी छँदा काठमान्डाैकाे विध्यार्थी अान्दाेलनकाे अग्रमाेर्चामा नेतृत्व सम्हालिरहनु हुने महिला नेतृकाे रुपमा उहाँलाई देखेकाे र चिनेकाे हुँ । तत्कालिन विध्यार्थी अान्दाेलनकाे अखिल माेर्चा सम्हाल्नु हुने प्रभावशाली नेताहरु याेगेश भट्टराई तथा रविन्द्र अधिकारीहरुसँगै विध्याले पनि याे माेर्चाकाे नेतृत्व गर्नुभएकाे हाे । तेतिवेलाकाे रत्नपार्ककाे चर्चित राताेघर जहाँ उहाँहरुसँग मेराे राेजै भेट हुन्थ्याे । अहिले पनि जब म काठमान्डुकाे रत्नपार्क पुग्छु, मेराे अाखाँले त्याे राताेघर खाेज्ने गर्छ ।
यतिवेला रविन्द्र अधिकारी हामी माझ हुनुहुन्न । मलाई याे भनिरहन पनि असह्य पीडा हुन्छ ! म ताप्लेजुङवासी हुँ । पाेखराले जन्माएकाे माछापुछ्रेकाे काखमा हुर्किएकाे नेपाली अाकाशकाे एउटा चम्किलाे तारा जस्ले ताप्लेजुङकाे धर्तिलाई टेकेर कंचनजंघाकाे काखमा विश्राम लिन पुग्याे । तन मिलेकाे, मन मिलेकाे भावनाले एकै ठाँउका झैँ थियाै हामी । नेता याेगेश भट्टराईसँगकाे लामाे राजनितिक सामिप्यता र सक्रियताले पनि ताप्लेजुङका हामीलाई पाेखराका रविन्द्रसँग नजिक वनाएकाे थियाे । मेराे दाजुकाे नाम “रविन्द्र काफ्ले”हाे । उहाँले दाईलाई सँधै “मिता”भनेर वाेलाउनुहुन्थ्याे । मलाई ” मन” भनेर वाेलाउदा साँच्चै मनमा राखे जस्तै लाग्थ्याे । विध्यार्थी जीवनकाे समय पार गरे पछि हिजाेकाे राताेघरमा झैँ सँधै त भेट भएन उहाँसँग । तथापी कहिलेकाँही भेट हुने गर्थ्याे । राष्ट्रिय राजनितिक ईष्यूहरुमा जिज्ञासा राख्न फाेन गरिरहन्थे । कहिले माेवाईल मेसेन्जरमा पनि जिज्ञासा राख्थे । उहाँका सँगकाे पछिल्लाे भेटकाे दुई वटा स्मरण म सँग अहिले पनि ताजै छ । २०७३ साल मंसिरमा कञ्चनजंघा अाराेहणकाेकाे ५० वर्षकाे अवसरमा अायाेजीत कञ्चनजंघा हिरक महाेत्सवमा उहाँ ताप्लेजुङ अाउनुभयाे लामाेसमय पछि यसवेला उहाँसँग प्रत्यक्ष भेट गर्ने साैभाग्य मिलेकाे थियाे । ताप्लेजुङ जिल्लाकाे विकासका सन्दर्भमा नेता याेगेश भट्टराईले पेश गर्नुभएकाे कार्यपत्रकाे छलफलमा संसद विकास समितिकाे सभापतिका हैसियतवाट उहाँले सारगर्भित मन्तव्य राख्नुभएकाे थियाे । उहाँ पाेखराकाे विकासमा जति सक्रिय हुनुहुन्थ्याे, ताप्लेजुङकाे विकासका लागि पनि तेत्तिकै चिन्तित हुनुहुन्थ्याे भन्ने हाम्राे विश्वास थियाे । याे विश्वास उहाँकाे मृत्यू पर्यन्त पनि हामी माझ कायम छ । गतवर्षकाे फागुन ९ गते नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारण सभा तथा विधान अधिवेशन पाेखरामा भएकाे थियाे । पत्रकार महासंघकाे केन्द्रीय सभासदकाे हैसियतमा म पनि सहभागी भएकाे थिए । राष्ट्रिय सभागृहकाे त्यस कार्यक्रममा उहाँसँग भेट्ने साैभाग्य मलाई प्राप्त भयाे । मलाई देख्ने वित्तिकै उहाँले ” मन” ताप्लेजुङकाे मान्छेसँग पाेखरामा पाे भेट भयाे त भन्नुभयाे । मैले हजुरकै गृह जिल्लामा दाजुसँग भेट्ने साैभाग्य प्राप्त भयाे भन्दै अात्मियता साटे । त्याे भेट नै उहाँसँगकाे मेराे अन्तिम भेट वन्याे । तेसकाे ठिक ६ दिन पछि मेरै गृहजिल्ला ताप्लेजुङमा उहाँले विश्राम लिन पुग्नुभयाे । याे पिडादायी घटनाले मलाई अहिले पनि पिराेली रहन्छ । ताप्लेजुङ प्रतिकाे अगाध माया कै कारण अाफु पर्यटन मन्त्री हुँदा २०७५ साल फागुन १५ गते उहाँ पाथीभराकाे प्रस्तावित केवलकारका एक प्रमुख लगानीकर्ता अाङछिरिङ शेर्पालाई लिएर उहाँ ताप्लेजुङ अाउनु भएकाे हाे । पाथीभरा चुचुराेमा पुग्न कठिन छ, याे कुरा पाथीभरा अाउनु हुने जाे काेहि पाेखरावासीलाई थाहा छ । सवैले पाथीभरामा केवलकारकाे परिकल्पना गर्नुहुन्छ । यसै परिकल्पनालाई साकार पार्न रविन्द्र पनि लागि पर्नुभयाे, तेसैले त उहाँ त्यहाँ पुग्नुभयाे । तर दु: खद विडम्वना, माैसमकाे प्रतिकुलताका कारण एउटा कहाली लाग्दाे दुर्घटनालाई हामीले सामना गर्नुपर्याे । त्याे दिन सम्पूर्ण अाकाश कालाे थियाे । हिँउकाे वर्षा भईरहेकाे थियाे । हिमाल, पहाड सवै सेताम्मे थियाे । माैसमकाे प्रतिकुलताका विच भएकाे याे अकल्पनिय पिडालाई हामीले टार्न सकेनाै ।
ताप्लेजुङसँगकाे पाेखरेली साईनाे रविन्द्रले गाढा वनाउनुभयाे । उहाँले जीवनकाे अन्तिम श्वास ताप्लेजुङमा फेर्नुभयाे । यति वेला म ताप्लेजुङकाे धर्तिमा टेकेर उहाँलाई स्मरण गरिरहेकाे छु । नेतावाट राजनेता हुने अाशा गरिएका एक हाेनहार यूवाकाे निधनलाई स्विकार्न सकिरहेकाे छुईन । हामी ताप्लेजुङवासीकाे मन मनमा उहाँ जुगजुुग बाचिरहनुुुुुुुुुुुुुु हुनेछ ।उहाँकाे स्मरणलाई हामी ताप्लेजुङमा सँधैसँधै चिरस्थायी वनाईरहने छाै । यतिवेला हामी ताप्लेजुङमा रविन्द्र स्मृति पार्क वनाउने याेजनामा कृयाशिल वनिसकेका छाै ।
उहाँकाे निधनवाट रिक्त प्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचनमा अहिले विध्या भट्टराई उम्मेद्वार हुनुहुन्छ । स्व. रविन्द्रलाई सम्झिरहदा विध्या दिदीकाे शानदार विजयकाे निम्ति पाेखरेली जनतासँग हार्दिकतापूर्वक निवेदन नगरि वसिरहन मनले मानेन । विध्या भट्टराई नेपाली राजनितीमा फुत्त अाएकाे नाम हाेईन । विध्यार्थी जीवनदेखि निरन्तर क्रियाशिल महिला नेतृत्व हाे विध्या भट्टराई । शालिनता, भद्रता र सादा जीवनकाे पर्याय नै हाे उहाँ । समयकाे कालखण्डमा पारिवारिक जीवन निर्वाहकाे क्रममा उहाँ राजनितीककाे मञ्चमा अग्रभागमा देखिनु भएन तथापी उहाँ राजनितीवाट कहिल्यै पनि टाढा रहनुभएन । समयले पुन: राजनितीकाे अग्रस्थानमा उहाँलाई खाेज्याे । उहाँ यस चुनाैतीकाे सामना गर्न तयार रहनुभयाे । पाेखरेली जनताकाे सुखदुखमा एकाकार रहने अठाेट गर्नुभयाे । यसर्थ पनि पाेखरेली जनताले उहाँलाई अंगाल्नुभयाे ।
सूदुरपूर्वकाे ताप्लेजुङवाट पाेखरेली वुवाअामा, दाजुभाई, दिदीवहिनीहरुमा हार्दिक अपिल गर्छु, विध्या भट्टराईकाे विजयकाे सुनिश्चिततालाई अझ मजवुत वनाईदिनु हाेस् । अत्याधिक मतद्वारा उहाँकाे शानदार जित गराईदिनु हाेस् । हजुरहरुसँगै खुशीमा खुशी साट्न विजयी र्यालीमा म पनि अाउनेछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*