ताप्लेजुङका जनप्रतिनिधिहरु डक्टर खोज्न विराटनगर र काठमाण्डौ लागे

वेलकम खबर
भदौ ३०, २०७६

ताप्लेजुङ ।ताप्लेजुङ अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारी रित्तिदै गएपछि र दरवन्दी कटौती भएपछि अस्पताल बिकास समिति प्रदेश र केन्द्र सरकारलार्इ गुहार माग्न पुगेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष एबं जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेन नेतृत्वको टोलीले आज प्रदेश नम्वर १ को राजधानी बिराटनगरमा पुगेर सामाजिक विकास मन्त्री जीबन कुमार घिमिरे लार्इ भेटेर ताप्लेजुङ जिल्ला अस्पतालको बारेमा अवगत गराएको हो । प्रदेश सांसद बलवहादुर साम्सोहाङ, होमकुमारी साँवा, फुङलिङ नगरपालिकाका उप–प्रमुख बमबहादुर भट्टरार्इ (तारा) जिल्ला अस्पतालका डाक्टर साजन ङाखुसि लगायत सम्मिलित टोलीले काठमाण्डौं पुगेर संघिय उप प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाइ भेट्ने बताएको छ । टोली आजै बिराटनगरवाट काठमाण्डौंतिर लागेको छ ।

जिल्ला अस्पतालका कर्मचारीको दरबन्दी काटिएपछि अस्पताल विकास समिति बाध्य भएको हो । ३२ जना भएको जिल्ला अस्पतालमा अहिले २२ जनाको मात्रै दरवन्दी कायम गरिएको छ । समायोजनमा थप ७ जनापनि काटिएपछि १२ जना कर्मचारीको भरमा अस्पताल चलेको छ । अस्पतालमा अहिले कार्यालय सहयोगी छैनन । कार्यालय सहयोगीले स्थानिय तह रोजेपछि यहाका १२ जना फुङलिङ नगरपालिका गइसकेका छन ।

यहाको ल्याव टेक्निसियन, डाकरुम एसिस्टेण्ट, अहेव, अनमि, एनएसथेसिया, मेडिकलरेकर्डर र स्टाफनर्सको दरबन्दी काटेको छ । अस्पतालमा लेखापाल पनि छैनन । एनएसआइ संस्थावाट खटाइएका डाक्टरको सहयोगमा अस्पताल चलिरहेको छ । मन्त्रि घिमिरेले दसैंसम्ममा करारमा कर्मचारी नियुत्ति गर्ने सम्वन्धि कार्यविधि पारित गर्ने र नियुत्तिको बाटो खुलाउने बताएका छन । ‘अहिले कार्यविधिका कारण रोकिएको छ, हामी चाँडै कार्यविधि बनाएर कर्मचारी नियुत्तिको बाटो खोलेर सहज वनाउ“छौं’ घिमिरेले टोलिसँग भने ।

अस्पतालको भिडमा लाइन लगाउने उनिहरुलाइ बस्ने ब्यवस्था मिलाउने लगायतका काम प्रहरी हवल्दार सुरेन्द्र दाहालले गर्दै आएका छन । अस्पतालको तथ्यांक अनुसार भदौ महिनाको सुरुवातपछि प्रत्येक दिन १ सय ५० देखि १ सय ८५ जनासम्म बिरामि उपचारका लागि आइरहेको तथ्यांक शाखाकि बिष्णु लिम्वूले वताइन । ‘भाइरलको महामारीका वेला निकैनै कठिन भयो,’ अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले भने, ‘२४ सैं घण्टा खटिएर त्यसलाइ ब्यवस्थापन गर्यौ ।’ लामाकोपनि समायोजनमा पाँचथरको गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*