ताप्लेजुङको भानु माबि परर्यो एक सय नमुना विद्यालयमा

वेलकम खबर
असार ३१, २०७६

ताप्लेजुङ । नेपाल सरकारले छनौट गरेको एक सय नमुना विद्यालयको सुचीमा श्री भानु जन मावि छनौट भएको छ । फुङलिङ नगरपालिका–४ स्थित भानु जन मावि १०० अकमा ९४ अंक ल्याएर छनौटमा परेको प्रधान अध्यापक किशोर राईले बताउनुभयो । छनोटमा परेसँगै अब गुणस्तरीय शिक्षाका लागि नमूना विद्यालय संञ्चालन निर्देशिका बमोजिम पठनपाठन गर्नुपर्ने प्रअ राईले बताउनुभयो । निर्देशिका अनुसार शिक्षक र विद्यार्थी अनुपात कार्यान्वयन गर्नुपर्ने छ । नमुना विद्यालयको रुपमा छनोट भएसँगै वार्षिक १ करोडसम्म अनुदान प्राप्त गर्न सक्ने विद्यालयले जनाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत मानव श्रोत तथा संसोधन केन्द्रमा आवश्यक कागजात यसअघि नै संलग्न गरिएकाले प्रअ राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु