घरमै पुगेको डक्टरबाट लिए गाँउलेले फाईदा

वेलकम खबर
असार १६, २०७६

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउपालिका सञ्चालित घरमै डक्टर भन्ने नारामा साथ सञ्चालन भएको स्वास्थ्य शिविरमा विरामीहरुले फाइदा लिएका छन ।
मेरिङदेन गाउपालिकाको आयोजनामा आईतवार देखि शुरु भएको पन्ध्र दिने शिविरमा विरामीहरुको भिड लाग्ने गरेको गाउपालिका प्रबक्ता सुर्यमान बराईलीले बताए ।
प्रबक्ता बराईलीले दमकबाट विशेषज्ञ डक्टर हर्ष झालाई झिकाएर गाँउका विरामीको स्वास्थ्य उपचार गर्ने गरिरहेको बताए ।
आईतवार देखि सान्थाक्राको दोभानबाट शुरु भएको शिविर पन्ध्र दिनपछि मेरिङदेन ६ नाल्बुमा पुगेर सकिने छ । आईतवार दोभानमा ५८ जनाको शिविरबाट फाईदा लिएका थिए भने सोमवार खाम्लुङ स्वास्थ्य चौकीमा १०३ जना उपचार गरिएको गाउपालिकाले जनाएको छ ।
शिविरमा तीन जना विरामीको मुटुको अप्रेसन नै गर्नु पर्ने देखिएको र अन्य सामान्य विरामी रहेको सोही गाउपालिका स्वास्थ्य प्रमुख सुर्य ओख्राबुले बताए । शिविरमा अधिकाश महिला बालबालिकाहरुले स्वास्थ्य चेकजाँच गराएको समेत प्रमुख ओख्राबुले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*