प्रदेश-१ को राजधानी तोक्ने विषयमा चार प्रस्ताव दर्ता
विराटनगर । प्रदेश १ को राजधानीका तोक्नका लागि आइतबार चार प्रस्ताव दर्ता भएको छ । प्रदेशको नामका विषयमा कुनै पनि प्रस्ताव नआए पनि स्थायी राजधानीका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रस्तावक र समर्थक लिलम बस्नेत, विजयकुमार ओझा, सावित्रा रेग्मी र यशोदा अधिकारीले विराटनगर राजधानी हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।
विराटनगरकै लागि कांग्रेसले पनि प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभा सदस्य केदार कार्कीको प्रस्तावमा शिवनारायण गनगाँई, विन्दिय कार्की र जयराम यादव समर्थक बसेर प्रस्ताव दर्ता गरेको हो ।
धनकुटा राजधानीको बनाउन प्रदेशसभा सदस्य लीला सुब्बाको प्रस्तावमा प्रतापप्रकाश हाङ्गाम र रामचन्द्र लिम्बू र धनकुटाकै लागि निरन राईको प्रस्तावमा सदस्य इन्द्रमणि पराजुली र सदस्य कुसुमकुमारी श्रेष्ठको समर्थनमा अर्को प्रस्ताव दर्ता भएको छ ।



















