गणेशबहादुर राईको स्मृतिमा पुरस्कार वितरण
ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा स्व गणेशबहादुर राईको आठौँ स्मृति दिवसको अवसरमा सरस्वती मा वि हाङपाङले प्रतिमामा माल्यार्पण गर्दै स्व गणेशबहादुर राइ स्मृति पुरस्कार वितरण तथा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सो विद्यालयका विद्यालयका भूपू सहायक प्रधानअध्यापक वेनुप्रसाद चुडालले स्थापना गर्नुभएको स्व गणेशबहादुर राई स्मृति पुरस्कार गत शैक्षिकसत्र २०८२ को साहित्य तर्फ कक्षा ९ कि छात्रा शिखा आङबुहाङ र सँगित तर्फको कोपिला खाती लाई जनही ५ हजार १५ का दरले पुरस्कृत गरिएको हो ।
सो विद्यालयका पूर्व विद्यार्थी खड्गप्रसाद बस्नेत चाँगे ( हाल झापा) ले स्थापना स्व गणेशबहादुर राई स्मृति पुरस्कार विपन्न तथा जेहन्दार विद्यार्थी सृजना गुरुङ कक्षा ९ र सुनिल मास्कीमगर कक्षा ९ लाई जनही ७ हजार ५०० का दरले र यस वर्ष यस विद्यालयबाट भाग लिएर ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्र पति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता ९ जना खेलाडी विद्यार्थीलाई १५ हजार दामासाहीले वितरण गरिएको थियो ।
आगामी वर्ष देखि वहाँ कै स्मृतिमा प्रतिमा निर्माण समितिका तर्फबाट रु २ लाख ४० हजार समेतको अक्षयकोष स्थापना समेत गरेको कुरा जानकारी गराइएको थियो ।
स्व गणेशबहादुर राई सरस्वती माविका पूर्व प्रअ हुनुहुन्थ्यो ।




















