उपसभामुखमा २५ वर्षकी रुबीकुमारी ठाकुर निर्वाचित

वेलकम खबर
चैत्र २७, २०८२

काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए ।

रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*