एमालेका उपमहासचिव योगेश भट्टराईले गरे मतदान
वेलकम खबर
फाल्गुन २१, २०८२
ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनले ताप्लेजुङको मैवाखोला गाउँपालिका– ३ स्थित नारायणी माध्यमिक विद्यालय, साँघु ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन्। बिहान निर्धारित समयमै मतदान केन्द्रमा पुगेका भट्टराईले लाइनमा बसेर आफ्नो पालोअनुसार मत खसालेका छन् ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा आफू विस्वस्त रहेको उनले बताए ।



















