पाथिभराबाट एक व्यक्ति बेपत्ता
ताप्लेजुङ । झापाका एक व्यक्ति विगत आठ दिनदेखि पाथिभरा क्षेत्रबाट एक व्यक्ति बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार कमल गाउँपालिका ५ निवासी ६५ वर्षीय टङ्कबहादुर खड्का आठ दिनदेखि बेपत्ता रहेका हुन् । प्रहरीका अनुसार,नेपाल प्रहरी ,सशस्त्र प्रहरी, पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी र स्थानीयवासीले समेत हिजो अस्तिदेखि नै सो क्षेत्रमा खोजी गरिरहेका छन् । सो क्षेत्रमा हिमपात परेकोले खोजी कार्यमा पनि समस्या परेको पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङका कर्मचारीले बताएका छन्। प्रहरीले बेपत्ता व्यक्ति फेला पारेको वा देखेको भए नजिकको प्रहरी कार्यालय वा बेपत्ता खड्काका आफन्तहरूसँग समन्वय गरिदिन र सम्पर्क गरिदिने आग्रह गरेको छ ।



















