ताप्लेजुङका ४ मतदान केन्द्रबाट हेलिकप्टर मार्फत मतपेटीका सदरमुकाम ल्याइने

वेलकम खबर
फाल्गुन ११, २०८२

ताप्लेजुङ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङका चारवटा मतदान केन्द्रहरूबाट मतपेटीका हेलिकप्टरबाट संकलन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सोमबार सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्दै सो जानकारी गराएको हो। यसरी हेलिकप्टर मार्फत मतपेटिका सङ्कलन गरिने मतदान केन्द्रहरू दुर्गम हिमाली क्षेत्रहरू घुन्सा, ओलाङ्चुङगोला,ग्याब्ला र याङमा रहेका छन् ।

सदरमुकाम फुङ्लिङबाट टाढा रहेका यी क्षेत्रहरूमा (ओलाङ्चुङगोला ) बाहेकका स्थानमा सडक सञ्जालसमेत नपुगेकाले विगत वर्षमा झैँ यस वर्ष पनि हेलिकप्टर मार्फत मतपेटीका ढुवानी गर्न लागिएको हो । मतदान पश्चातका सामग्रीहरू हेलिकप्टर मार्फत ढुवानी गरिने भएको हो भने भने मतपत्र सहितका सामग्रीहरू सवारी पहुँच भएको ठाउँसम्म पु¥याएर बोकेर ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले बताउनुभयो ।

फाल्गुन १४ र १५ गते मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई जिल्ला निर्वाचन कार्यालयले अभिमुखीकरण तालिम प्रदान गर्दैछ । तत्पश्चात सामग्री हस्तान्तरण गरेर सम्बन्धित मतदान केन्द्र पठाइने श्रेष्ठको भनाइ छ। कुल ९० हजार ३सय २७ मतदाता रहेको ताप्लेजुङमा ८० मतदान स्थल र १२७ मतदान केन्द्र रहेका छन् । जिल्ला प्रहरी कार्यालय र तोक्मे डाँडामा गरी दुई अस्थायी मतदान केन्द्र कायम भएका छन्। फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम दर्ता भएका नेपाली नागरिकले मतदान गर्न पाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*