बुढा क्षेत्री नेकपा ताप्लेजुङको एकल उम्मेदवार सिफारीस

मदन गौतम
पुस ११, २०८२

ताप्लेजुङ । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ खेल प्रसाद बुडाक्षेत्री पराग लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट ताप्लेजुङको शुक्रबार बसेको पहिलो तथा संयुक्त बैठकले सर्वसम्मत रूपमा उम्मेदवारीको सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङका विष्णुकुमार हाङबाङ बिरुले बताउनुभयो । त्यसैगरी राष्ट्रियसभाको निर्वाचनका लागि खुल्ला तर्फ पर्शु कार्की र समावेशी क्लस्टर तर्फ कमरेड नेत्र नेपालीलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ । समानुपातिक तर्फ रामचन्द्र पोमु आर.सी दावाछिरिङ शेर्पा, कल्पना तुम्बाहाङ्फे रअसीम आङबुहाङलाई उम्मेदवार का लागि सिफारिस गर्ने निर्णय समेत गरेको हो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*