मतभेद साम्य पार्न देउवाले निवासमै बोलाए बैठक

वेलकम खबर
चैत्र ३, २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद साम्य बनाउन बूढानिलकण्ठस्थित निवासमा बैठक राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित वर्तमान र पूर्व कार्यसमितिका केन्द्रीय पदाधिकारी बैठकमा सहभागी छन्।

आइतबार अपरान्ह सुरू भएको बैठक सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डामा केन्द्रित छ।

सभापति देउवा समूहले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था विधानमा राखेपछि पौडेल र सिटौला समूहले लिखित असहमति राखेर बैठक बहिस्कार गर्ने चेतावनी दिँदै आएका छन्।

सभापति देउवाले सहमतिमै पार्टीभित्र अनुशासन समिति कसरी बनाउने भन्नेबारे पनि छलफल गर्न बैठक राखेका हुन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु